साल्ट ट्रेडिङ कर्पोरेसनको युरिया भित्रियो
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३२ हजार एक सय टन युरिया मल युरिया मल भित्राउन सुरु गरेको छ ।
यसमध्ये गत मंगलबार दुई हजार ५ सय टन वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ। यसैगरी कोलकाता बन्दरगाहबाट वीरगञ्जका लागि दुई हजार ५ सय टन पनि बुधबार नै हिडिसकेको छ । यस्तै सडकमार्गबाट ८ सय ६४ टन युरिया बिराटनगर आइपुगेको छ ।
कर्पोरेसनको सह महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार गत वर्षको बाँकी कोटा सहित कर्पोरेसनले युरिया भित्राउन सुरु गरेको हो ।
चालु आर्थिक वर्षमा दोस्रो चौमासिकमा टेन्डर गर्न हालसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति प्रदान नगरेको र पहिलो चौमासिकको निकासा समेत उपलब्ध नभएको कर्पोरेसनले जनाएको छ ।
पुरानो निकासा र दोस्रो चौमासिकमा टेन्डरको अनुमति हालसम्म नपाइँदा मल खरिद र भित्राउने समय प्रभावित हुने राजभण्डारीले बताए।























