stcnepal long ad
ime life insurance
national life
global ime bank long

विदेशमा अलपत्र नेपालीलाई विना भेदभाव उद्दार गर्न एनआरएनएको सरकारलाई आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न गैरआवासीय नेपाली संघ (एनआएनए) ले सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् ।

प्रवक्ता क्षेत्रीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्न आर्थिक हिसाब किताब गर्न नहुने बताए । ‘नेपाली फर्काउँदा १ अर्ब पनि खर्च हुँदैन । यो सरकारले गर्नुपर्छ । राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम हुँदैनन्’ उनले भने ।

विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्ने क्षेत्रीले बताए । ‘सबै महिलाहरु कन्ट्रयाकमा आउन सक्ने अवस्था छैन । संक्रमित भएकाहरु पनि हुन सक्छन् । घरमा संक्रमित हुँदा कामदारहरु पनि संक्रमित भएका हुन्छन्’ उनले भने ।

नेपाल फर्किएपछि पनि उनीहरुलाई मनोपरामर्श दिनुपर्ने क्षेत्रीले बताए । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार गर्न नहुने पनि उनले बताए ।

IME Lifesidebar
kumari