डिसहोमले ल्यायो हप्तामा २ लाख जित्ने अफर

२७ माघ, काठमाडौं । डिसहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने भन्दै Dish Home मा Dealer दाइको Discount नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गरे बापत Add-On प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्ने मौका पनि पाउने छन् ।
साप्ताहिक लक्कि ड्र कार्यक्रम २०७६ माघ २७ गतेदेखि बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । साप्ताहिक लक्कि ड्र २०७६ फागुन २ गतेबाट डिसहोमको Showcase Channel No. 100 मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुत्रबारदेखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको लक्कि ड्र मा समावेश गरिनेछ ।
फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र साप्ताहि लक्कि ड्र मा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको CAS ID को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिसहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्ने डिसहोमले जनाएको छ ।