macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

छ्याङदी हाइड्रो पावरको २७.६१५ नाफा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

२७ माघ २०७६, काठमाडौं । छ्याङदी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २७.६१५ ले बढी हो । गत वर्ष यसै अवधिमा छ्याङदीले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा बढेसँगै खुद नाफा बढेको हो । यसको सञ्चालन नाफा १६.३५५ ले बढेर ३ करोड १४ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

यता, विद्युत बिक्रीबाट हुने आम्दानी भने १०.८३५ ले घटेर ३ करोड ५७ लाख ५६ हजार रुपैयाँमा आएको छ । जगेडा कोष पनि २१.६०५ ले घटेर १ करोड ३४ लाख ७६ रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्ममा प्रतिसेयर आम्दानी ८१ पैसाले बढेर ४ रुपैयाँ ५९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ ७५ पैसा छ ।

कम्पनीले प्रवद्र्धन गरिरहेको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गर्न चुनौती भइरहेको छ्याङदीको भनाई छ । कम्पनीका अनुसार तरलता अभाव, पुँजी बजारको उतारचढावको अवस्थाले लगायतले थप पुँजी संकलन गर्न कठिनाईको अवस्था छ । मुलुक संघीयतामा गएको अवस्थामा ऐन तथा कानुनमा भएका परिर्वतनले पनि काम गर्न गाह्रो भइरहेको कम्पनीको दाबी छ ।
एयकत थ्यगच ऋयmmभलत

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म समिट लघुवित्त संस्थाले ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा संस्थाको २८ दशमलवले बढी हो । गत बषको सोहि अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

संस्थाको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आएको छ । लघुवित्तको संचालन नाफा २४ दशमलव ७५ प्रतिशतले बढेको छ भने खुद ब्याज आम्दानी २८ दशमलव १३ प्रतिशतले बढेको छ ।
त्यस्तै संस्थाको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६८ पैसा रहेको छ ।

२७ माघ २०७६, सोमवार १४:४९ बजे प्रकाशित

NTA long ad