citizens life insurance long ad

उपत्यकाको विद्युत् आपूर्ति सहज हुने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ ।

काठमाडौँको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब छ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत् प्रवाह हुने जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत् माग र आपूर्तिबिचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो ।

उहाँले चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे चार किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्राधिकरणले आगामी हिउँदयाममा काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइनलाई १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो ।

IME Lifesidebar
kumari