citizens life insurance long ad

थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ-चोभार खण्डमा शुक्रबार (असोज २३ गते) देखि विद्युत् प्रवाह गरिने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ-चोभार खण्डमा शुक्रबार (असोज २३ गते) देखि विद्युत् प्रवाह गरिने भएको छ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन आयोजनाअन्तर्गत मातातीर्थ-चोभार खण्डको प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी विद्युत् प्रवाह गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनमा शुक्रबारदेखि विद्युत् प्रवाह गरिने र विद्युत् प्रवाह भएपछि प्रसारण लाइन नियमित रूपमा सञ्चालनमा रहनेछ ।

प्राधिकरणले प्रसारण लाइन सञ्चालनमा आउने भएकाले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रसारण लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन तथा टावर र प्रसारण लाइनको आसपासमा अनावश्यक रूपमा नजान प्राधिकरणले अनुरोध गरेको छ ।

त्यस्तै, टावर आसपासमा गाईवस्तु नछाड्न, प्रसारण लाइनको संरचना तथा तारमा क्षति पुग्ने गरी जग्गा खन्ने वा उत्खनन नगर्न तथा ‘खतरा’ वा ‘डेन्जर’ संकेत भएका विद्युतीय संरचना र उपकरण नछुन प्राधिकरणले आग्रह गरेको छ ।

प्रसारण लाइन तथा टावरबाट हुन सक्ने जोखिमबारे बालबालिकालाई समेत सचेत गराउन र प्रसारण लाइनमुनि कुनै पनि प्रकारको बसोबास नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्रसारण लाइन सञ्चालनका क्रममा कुनै स्थानमा झिल्का वा स्पार्क देखिएमा, तार चुडिएमा, टावरमा क्षति पुगेमा वा अन्य विद्युतीय जोखिम देखिएमा तत्काल प्राधिकरणलाई जानकारी गराउन आग्रह गरिएको छ । साथै, नजिकको प्रहरी चौकी वा प्राधिकरणको सम्बन्धित कार्यालयमा समेत तत्काल खबर गर्न भनिएको छ ।

सम्भावित विद्युतीय दुर्घटना रोक्न तथा प्रसारण प्रणालीको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन प्राधिकरणले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको हो ।

IME Lifesidebar
kumari