citizens life insurance long ad
stcnepal long ad

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारणसभा असोज २८ गते

आज असोज १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  आजसम्म शेयर किन्नेले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको  प्रस्तावित लाभांश पाउने छन् । बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। आज असोज १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्।

बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा बोनस शेयर ६ प्रतिशत र नगद लाभांश १० प्रतिशत (करसहित) रहेका छन्।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा राय सुझाव अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि वा थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सोही साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभा रुपन्देहीको बुटवलस्थित होल सेफ्रन सीकेमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

 

IME Life
kumari