मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने समय लम्बियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको दोस्रो म्युचुअल फण्डमा आवेदन दिने अवधि थप गरेको छ।

क्यापिटलले निष्काशन खुला गरेको मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई खरिदका लागि अब असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अवधिभन्दा अगावै बन्द गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ।

र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

IME Lifesidebar
kumari