सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

आजसम्म कायम शेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकले २२ औँ वार्षिक साधारण सभा यही असोज २२ गते आयोजना गर्नेछ।साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्। साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari