stcnepal long ad
ime life insurance
national life
global ime bank long

तीन भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतका तीन कम्पनीले नेपालका लागि कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर वितरण गर्न थालेका छन् ।

कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रूपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय औषधि उत्पादक कम्पनी म्यालन, किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने छन् ।

नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि व्यवस्था विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि व्यवस्था विभागका अनुसार ५७० वटा सिसीको माग भएको थियो ।

कोभिड१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई नेपाली ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको छ ।

IME Lifesidebar
kumari