stcnepal long ad
ime life insurance
national life
global ime bank long

पीसीआर परीक्षण सहज भएका देशहरुमा भदौ १६ देखि नियमित उडान हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्त सहितको नियमित उडान गर्ने सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा नियमित उडान नहुने बताउँदै उनले त्यस्ता ठाउँमा आवश्यकता अनुसार चार्टर फ्लाइट मात्र सञ्चालन हुने जानकारी दिए ।

दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने उनले बताए । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् ।

स्वदेश आउनेहरुले ७२ घण्टाभित्रको पीसीआर टेष्ट गर्दाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने र होटल क्वारेन्टिनमन बस्ने खर्च टिकट काट्दै सम्बन्धीत एयरलाईन्सलाई बुझाउनुपर्ने खतिवडाले जानकारी दिए ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।

IME Lifesidebar
kumari