stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनराइज बैंकले डिजिटल बैंकिङ्ग लक्षित गर्दै नारी बचत खाता ल्यायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महिला ग्राहकलाई लक्षित गर्दै सनराइज बैंकले सनराइज नारी बचत खाता सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।

त्यस्तै लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ । साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा दुई हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे छ ।

विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari