stcnepal long ad
global ime bank long

बैंक तथा वित्तिय संस्थाहरूले अबदेखि राष्ट्र बैंकमा ब्याजदर अनिवार्य बुझाउन पर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी,लद्यु वित्त,सहकारी संस्था लगायत सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई मासिक ब्याजदरसम्बन्धी विवरण अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ ।

योसँगै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी,लद्यु वित्त संस्थाहरूसहितका सबै बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि लागू हुने ब्याजदर विवरण निर्धारित समयभित्र उपलब्ध गराउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८ को छैटौँ संशोधन तथा बैंकद्वारा जारी एकीकृत निर्देशन, २०८२ मा रहेको ब्याजदर सम्बन्धी व्यवस्थाअनुसार परिपत्र जारी गरिएको राष्ट्र बैंकले हिजाे भदाै ८ गते जनाएको छ ।

यसअनुसार निक्षेप संकलन उपकरण, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा ब्याजदर करिडोरअन्तर्गतको स्थायी निक्षेप सुविधाका लागि स्वदेशी मुद्राको बचत तथा मुद्दती निक्षेपमा प्रदान गरिने ब्याजदर महत्वपूर्ण आधारका रूपमा रहने गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा कल निक्षेपबाहेकको न्यूनतम ब्याजदरको औसतमा बढीमा १० प्रतिशतसम्म मात्र परिवर्तन गर्न सक्ने निर्देशन गरेकाे छ ।

त्यस्तै, निक्षेपमा दिने ब्याजदर मासिक रूपमा मात्र परिवर्तन गर्न पाइने व्यवस्था पनि गरेको छ । आगामी महिनाका लागि लागू हुने स्वदेशी तथा विदेशी मुद्राको निक्षेप ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुअघि नै सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरेकाे छ ।

यसैगरि बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रकाशन गर्दा ग्राहकमा कुनै किसिमको भ्रम सिर्जना नहुने गरी अनिवार्य रूपमा वार्षिक ब्याजदर प्रतिशत स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी, निक्षेपमा दिने तथा कर्जा र सापटमा लिने ब्याजदर संशोधन गर्ने वा चल्ती तथा बचत खातामा कायम गर्नुपर्ने न्यूनतम मौज्दात रकममा थपघट गर्ने निर्णय भएमा सो निर्णय भएलगत्तै सर्वसाधारणलाई जानकारी गराउनुपर्ने निर्देशन पनि गरेकाे छ ।

साविककै ब्याजदर कायम रहने अवस्थामा समेत मासिक रूपमा राष्ट्रियस्तरका पत्रपत्रिका तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमार्फत सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै राष्ट्र बैंकले आगामी महिनाका लागि प्रकाशित हुने वार्षिक ब्याजदरसम्बन्धी सूचनाको छविचित्रमा संस्थाको आधिकारिक दस्तखत गरी संस्थाको छाप समेत लगाएर नेपाली महिना सुरु हुनुअघि नै मौद्रिक व्यवस्थापन विभागको इमेलमा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको बैंकिङ स्राेतले जानकारी दिएकाे छ ।

IME Lifesidebar
kumari