stcnepal long ad
global ime bank long

सिद्धार्थ बैंकमा अब अनलाइनबाटै व्यावसायिक तथा कर्पोरेट खाता खोल्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक व्यावसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन्।

ग्राहकको समय र प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो।

अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रियालाई डिजिटल माध्यमबाट अगाडि बढाउन सकिनेछ।

खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा प्रक्रिया पूरा गर्न भने ग्राहकले सक्कली कागजपत्रका साथ आफ्नो नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

यो सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने बैंकले विश्वास लिएको छ।

IME Lifesidebar
kumari