प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
कामाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा गरेको छ ।
संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै दिनु पर्ने भएकाले हाल उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त समयभित्र संस्थापकबाट निवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।





















