stcnepal long ad
global ime bank long

अनावश्यक सिलिन्डर सञ्चय नगरौँ: ग्यास उद्योग सङ्घ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय (होल्ड) नगर्न उपभोक्तामा आग्रह गरेको छ।

भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो।

“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन,” सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशाला (रिफाइनरी) बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ।

पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। यस आधारमा चालू आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो। उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री-वितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ।

IME Lifesidebar
kumari