stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत

दुई सञ्चालक नियुक्त गर्ने निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकहरु सौरभ दुगड, प्रमिला केसी, सचिन आचार्य र आशीष ढकालको राजीनामा एकैपटक स्वीकृत गरेको हो।

दुगड संस्थापक समूहबाट र बाँकी ३ जना सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

यसैबीच सञ्चालक समितिको सोही बैठकले कम्पनीको सञ्चालकमा प्रकाशमुनि बज्राचार्य र सुरक्षा काफ्ले नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीमा संस्थापक समूहबाट बज्राचार्य र सर्वसाधारण समूहबाट काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको हो।

दुवैको नियुक्तिको अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari