citizens life insurance long ad

व्यतित बीमालेख पुनर्जागरणमा सन नेपाल लाइफको १०० प्रतिशत ब्याज छुट योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित (निष्क्रिय) भएका बीमालेख पुनः सुचारु गर्न विशेष छुट योजना सार्वजनिक गरेको छ।

कम्पनीले बीमाशुल्क बुझाउन छुटेका कारण निष्क्रिय बनेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने घोषणा गरेको हो।

कम्पनीका अनुसार उक्त सुविधा २०८३ असार ११ गतेदेखि २५ गतेसम्म लागू हुनेछ। यस अवधिमा बीमितहरूले निष्क्रिय बीमालेख नवीकरण गर्दा लाग्ने सम्पूर्ण विलम्ब शुल्क छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आफ्ना ग्राहकलाई वित्तीय सुरक्षा र बीमा संरक्षणलाई निरन्तरता दिन यो अवसरको उपयोग गर्न आग्रह गरेको छ। बीमालेख पुनः सक्रिय भएपछि बीमित तथा उनका परिवारले बीमा सुरक्षणको लाभ निरन्तर प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

सन नेपाल लाइफका अनुसार ब्याज छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ। साथै, यस सुविधाको उपयोग गरी नवीकरण गरिएका बीमालेख नवीकरण मितिपश्चात् कुनै पनि समयमा समर्पण (सरेन्डर) गर्न चाहेमा छुट गरिएको ब्याज रकम कट्टा गरिने व्यवस्था गरिएको छ।

IME Lifesidebar
kumari