stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकद्वारा चितवनको श्री बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा सहित आवासीय सेवा समेत उपलब्ध गराइरहेको छ ।

विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ यस बैंकका नारायणगढ सर्कल हेड श्री रामकृष्ण काफ्लेज्यूले उक्त विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई आषाढ १ गते एक कार्यक्रमका बीच झोला अन्य शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १५ का अध्यक्ष, आशिक तामाङ, उक्त विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari