stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कर नीतिले सेयर बजार प्रभावित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बजेटपछि खुलेको सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा सोमबारको बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजी बजार सुधारका विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पुँजीगत लाभकर वृद्धिले सेयर बजारमा नकारात्मक प्रतिक्रिया देखिएको छ । बजेटपछिको पहिलो कारोबार दिनमै नेप्से परिसूचक दोहोरो अङ्कले घटेपछि सुधारका दीर्घकालीन आशा ओझेलमा परेको छ ।

बजेटपछिको पहिलो कारोबार दिनमै नेप्सेमा देखिएको गिरावटलाई लगानीकर्ताको मनोवैज्ञानिक प्रतिक्रिया र कर नीतिप्रतिको असन्तुष्टि रहेको लगानीकर्ता ईश्वरी पौडेलले बताउनुभयो । बजेटमा पुँजी बजार सुधारका केही सकारात्मक व्यवस्था समेटिए पनि पुँजीगत लाभकर वृद्धिले त्यसको प्रभावलाई तत्कालका लागि कमजोर बनाएको उहाँले बताउनुभयो । ब्रोकर रामचन्द्र भट्टराई बजेटमार्फत पुँजी बजारमा थप करको भार थोपर्ने कदमका रूपमा व्याख्या गर्नुहुन्छ ।

बलियो राजनीतिक स्थिरतासँगै सेयर बजारमैत्री बजेटको अपेक्षा गरेका लगानीकर्ता बजेटपछि पनि अलमलमा परेका छन् । सरकारले बजेटमार्फत धितोपत्र ऐन संशोधन, नेपाल धितोपत्र बोर्ड, नेप्से तथा सिडिएस एन्ड क्लियरिङको पुनर्संरचना,इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङको व्यवस्था तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न दिने जस्ता सुधारका कार्यक्रम अघि सारेको छ तर पनि कर वृद्धिको निर्णयले बजारलाई निरुत्साहित बनाएको लगानीकर्ता पौडेलको भनाइ छ ।

बजेटले पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) मा ५० प्रतिशतसम्म वृद्धि गरेको छ । नयाँ व्यवस्था अनुसार एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्ने लगानीकर्ताले १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गर्नेले ७.५ प्रतिशत कर तिर्नुपर्ने छ । यसअघि उक्त दर क्रमशः ७.५ प्रतिशत र पाँच प्रतिशत थियो ।

prabhu mahalaxmi
kumari