macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वैदेशिक रोजगार कसुर मुद्दाका फरार कसुरदार पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । २६ माघ  वैदेशिक रोजगार कसूर मुद्दाका फरार कसूरदार भक्तपुर सूर्यविनायक नगरपालिकाका घर भई हाल काठमाडौं महानगरपालिका रानीवारी बस्ने अजय तामाङलाई शुक्रबार कोटेश्वर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।
तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए ।
वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

२६ माघ २०७६, आइतवार १३:२६ बजे प्रकाशित

NTA long ad