stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय वाणिज्य बैंक एनपीएस एनसीएस तथा नेपाल पे कार्डमा आबद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा नेपालपे कार्र्डको प्रिन्सिपल मेम्बरका लागि सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान गरे ।

उक्त सम्झौता पश्चात्, एनपीएस एनसीएसमा बैंकको स्वीच इन्टिग्रेसन सम्पन्न भइसकेपछि आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार एक्सेप्ट गर्न सक्नेछ । हालसम्म एनपीएस एनसीएसमा अन्य ३४ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये ५ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।

एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, रुपैयाँ कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको  राउटिङ्ग  र  सेटलमेन्टको लागि  एक सेन्ट्रल  कार्ड  स्विचको  रुपमा  स्थापना भएको हो ।

उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari