stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैदेशिक रोजगारीमा जाने धेरै धनुषाका

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

वैदेशिक रोजगारीमा जाने धेरै धनुषाका
काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा धेरै धनुषाका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा धनुषाबाट मात्रै २८ हजार ५८२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

जिल्लागत रूपमा चालु आर्थिक वर्षको विश्लेषण गर्दा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा पहिलो धनुषा पहिलो र दोस्रोमा झापाका छन् । तेस्रो र चौथो जिल्ला क्रमशः मोरङबाट २३ हजार ३५४ जना र महोत्तरीबाट २० हजार १७२ जना छन् ।

पाँचौँ स्थानमा पर्ने सिराहाबाट १९ हजार ८२४ जना, छैटौँमा सर्लाहीबाट १९ हजार ३७२ जना, सातौँ र आठौँमा क्रमशः रुपन्देहीबाट १८ हजार ३१८ जना र सुनसरीबाट १७ हजार ४२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । यस्तै नवौँ र दसौँ जिल्लामा क्रमशः सप्तरीबाट १५ हजार २०८ र चितवनबाट १५ हजार ७९ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari