stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

त्रिपुरेश्वरमा होन्डाको अत्याधुनिक थ्री एस शोरुम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। होन्डा नेपालले नेपालमा पहिलो अत्याधुनिक प्रविधियुक्त नयाँ ‘थ्री एस शोरुम’ सञ्चालनमा ल्याएको छ। नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले शुक्रबारदेखि त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो ।

ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेनुइन स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानले जानकारी दिए ।

शोरुमको मुख्य विशेषता यहाँ आउने ग्राहकले सर्भिस सेन्टर पनि सहजै देखिने गरी पारदर्शी र सफा, छिटोछरितो हुनुपर्छ भन्ने मान्यतासाथ अघि बढेको उनको भनाइ छ ।

होन्डाले नेपालका ६ ठाउँमा राख्ने उद्देश्य सहित सुरुवातमा काठमाडौंमा स्थापना यस्तो शोरुम सुरुवात गरेको हो। वर्कसपको क्षमता दैनिक १ सय ५० वटा मोटरसाइकल सर्भिस गर्न सक्ने रहेको छ ।

सर्भिस लिन आउने ग्राहकका लागि चिया, कफी लगायत समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ। वर्कसप पारदर्शी बनाइएकाले ग्राहकले आफ्नो मोटरसाइकल मर्मत भइरहेको प्रत्यक्ष हेर्न पाउँछन्।

होन्डा जापानी मोटरसाइकल तथा स्कुटर ब्रान्ड हो। शोरुम उद्घाटनमामा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा,होन्डा मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजन,सेल्स डिपार्टमेन्ट–२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ अन्तर्गत कै प्रतिनिधि पीआइसी कोजिरो कामिया काठमाडौं आएका थिए। शोरुम उद्घाटन उनीहरुले संयुक्त रुपमा गरेका थिए।

prabhu mahalaxmi
kumari