stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्जीवन बिमामा तीव्र प्रतिस्पर्धा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म छ निर्जीवन बिमा कम्पनीले तीन अर्ब रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गर्दै बिमा बजारमा अग्रता लिएका छन् ।प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको निर्जीवन बिमाक्षेत्रमा मर्जरपछि बजार संरचना र प्रतिस्पर्धाको स्वरूप दुवै परिवर्तन भएको छ ।

नेपाल बिमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चैत मसान्तसम्म सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ, जसले चार अर्ब ८० करोड रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गर्दै बजार नेतृत्व कायम राखेको छ ।

शिखरलाई पछाउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सगरमाथा लुम्बिनीले तीन अर्ब ८३ करोड रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गरेको छ भने हिमालयन एभरेस्टले तीन अर्ब ७४ करोड रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गरेको छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि तीन अर्बको सीमा पार गरेका छन् । सिद्धार्थ प्रिमियरले तीन अर्ब १२ करोड, आइजिआई प्रुडेन्सियलले तीन अर्ब १० करोड र एनएलजी इन्स्योरेन्सले तीन अर्ब एक करोड रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गरेको छ ।

तथ्याङ्क अनुसार निर्जीवन बिमाक्षेत्रमा मर्जरको प्रभाव सकारात्मक रूपमा देखिन थालेको सङ्केत गरेको छ । देशभर सञ्चालित १४ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा कुल ३६ अर्ब २८ करोड रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । समीक्षा अवधिमा २२ लाखभन्दा बढी बिमा लेख जारी भएको छ र बिमाप्रतिको पहुँच बढ्दै गएको देखिएको हो ।

कम्पनीको पोलिसी सङ्ख्या हेर्दा युनाइटेड अजोड इन्स्योरेन्सले सबैभन्दा धेरै तीन लाखभन्दा बढी बिमालेख जारी गरेको छ तर कुल बिमा शुल्कमा भने शीर्ष स्थानमा पुग्न सकेको छैन ।

मर्जरपछि ठुला कम्पनी बलिया बन्दै जाँदा मध्यम र साना कम्पनी भने तुलनात्मक रूपमा व्यवसायको आकार खुम्चिएको छ । नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र दी ओरिएन्टल इन्स्योरेन्सले दुई अर्बको हाराहारीमा व्यापार गरेका छन् ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको व्यावसायिक विस्तार अपेक्षाकृत सुस्त देखिएको छ । सबैभन्दा कम व्यापार गर्ने नेसनल इन्स्योरेन्सले भने एक अर्बको सीमासमेत पार गर्न सकेको छैन ।

प्राधिकरणको तथ्याङ्क अनुसार समग्रमा निर्जीवन बिमाक्षेत्रमा करिब १३.८६ प्रतिशतको वृद्धिसहित कुल बिमा शुल्क सङ्कलन ३७ अर्बमाथि पुगेको छ ।

बिमाविज्ञ डा. रवीन्द्र घिमिरे मर्जरको वास्तविक लाभ अझै पूर्ण रूपमा देखिन बाँकी रहेको बताउनुहुन्छ । धेरै कम्पनी अझै पनि व्यवस्थापन एकीकरण, प्रविधि समायोजन र ब्रान्ड समन्वयको चरणमा रहेको भन्दै उहाँले ठुलो आकारका कम्पनी बढेसँगै नियमन झनै जटिल बन्ने बताउनुभयो ।

 

prabhu mahalaxmi
kumari