stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इटाली उद्योग वाणिज्य संघद्धारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा अभिनन्दन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित हुनुभएकी सुश्री बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।

सुश्री तामाङ, NICCI की एक सम्मानित सदस्य हुनुहुन्छ, जसलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उहाँको समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिन्छ । उहाँको निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उहाँको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।

यस अवसरमा, NICCI ले सुश्री तामाङलाई हार्दिक बधाई व्यक्त गर्दै उहाँले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ ।

यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गर्नुभएकोमा वरिष्ठ उपाध्यक्ष श्री रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य श्रीमती सुनिता सिंहप्रति NICCI ले हार्दिक आभार व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari