बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २८ गते सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।























