stcnepal long ad
nabil bank
macchha(MBL)

नापी र मालपोतलाई गाभेर एउटै कार्यालय बनाउने गृहकार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले मालपोत कार्यालय र नापी कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन गृहकार्य सुरु गरेको छ। त्यस कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ वा ‘भूमि प्रशासन कार्यालय’ रहने गरि गृहकार्य भैरहेको छ।

यसका लागि छलफल सुरु भएको भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टले जानकारी दिएका छन। उनले ‘नापी र मालपोत कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन विभिन्न चरण र विभिन्न तहमा छलफल सुरु गरिरहेको बताएका छन।

भूमी व्यवस्था मन्त्रालय स्रोतका अनुसार नापी,भूमीसुधार र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत कार्यालय बनाउन आवश्यक तयारी गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको छ।

प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशनअनुसार गृहकार्य सुरु भएको र सम्भवतः अर्को आर्थिक वर्ष २०८३/८४ बाट नापी र मालपोत कार्यालय गाभिने सम्भावना रहेको मन्त्रालयका एक उच्च कर्मचारीले बताएका छन।

मन्त्रालयले यस विषयमा गृहकार्य गर्न तथा सल्लाह–सुझाव माग्न चैत्र २९ गते आइतबार बृहत् छलफल गर्न लागेको छ। उक्त छलफलमा भूमि व्यवस्थापन विभाग तथा नापी विभागका महानिर्देशक तथा उच्च कर्मचारीहरूलाई बोलाइएको छ।

मालपोत र नापी कार्यालयलाई गाभेमा भूमि व्यवस्थापन विभाग र नापी विभाग पनि एउटै हुनेछन्। तर त्यसको नेतृत्व प्रशासन समूहका कर्मचारीले गर्ने कि नापी समूह (प्राविधिक) कर्मचारीले गर्ने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन।

prabhu mahalaxmi
kumari