शिखर पावरको आईपीओ सूचीकृत, शुक्रबारदेखि कारोबार हुने
शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । उक्त कम्पनीको रु. १०० अंकित मूल्य भएको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख कित्ता र संस्थापक शेयरधनीहरुको ६६ लाख कित्ता शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै भोलिबाट उक्त कम्पनीको दोस्रो बजारमा शेयर कारोबार शुरु हुनेछ । रु. ९४.७८ देखि रु. २८४.३४ सम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

























