काठमाडौं विश्वविद्यालय हल्ट प्राइज २०२०/२१को तयारी गर्दै
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) केन्द्रीय क्याम्पस, धुलिखेलले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्ट प्राइज २०२०/ २१ होस्ट गर्ने तयारी गरिएको छ ।
यस प्रतियोगिताका विजेता विद्यार्थीहरूले १ मिलियन अमेरिकी डलर बराबरको नोबेल पुरस्कार पाउनेछन् । यस वर्षको भव्य कार्यक्रम क्याम्पस निर्देशक अविनाश सिलवालको नेतृत्वमा हुनेछ । साथै उनका २० वटा टोली समेत हुनेछन् ।
आयोजक टोलीका आफ्ना मुख्य सदस्यहरूलाई सम्बोधन गर्दै सिलवाल भन्छन्, ”विश्वव्यापी महामारीको बावजुद पनि मेरो टीम केयूबाट अधिकतम विद्यार्थीहरूलाई सहभागी हुन प्रोत्साहित गर्न रचनात्मक विचारहरू निर्माणमा केन्द्रित हुनेछन् र हामी कुनै पनि अवस्थामा अगाडि बढ्नेछौं।”
हल्ट प्राइज फाउन्डेशनले युवाका दिमागलाई परिवर्तन गर्ने सम्भावित नेताको रूपमा कल्पना गरीरहेको छ । अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ ।
हल्ट प्राइजले विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न उचित अवसर दिएको छ।
काठमाडौं विश्वविद्यालयले २०१६ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। अघिल्लो वर्ष २०१८र १९ मा सबै केयूका स्कूलहरूबाट कुल ५६ छट टोलीले भाग लिएका थिए ।
बीएसडब्ल्यू विभागका टीम डाइलोले त्यो वर्ष पहिलो स्थान सुरक्षित गरेका थिए । हल्ट पुरस्कार एक खुला प्लेटफर्म हो यसले नेटवर्क र ब्यापारलार्ई अगाडि बढाउन आइडिया दिन्छ । सहभागीहरू मध्ये धेरैले पहिले नै आफूलाई एक प्रसिद्ध व्यवसाय संगठनको रूपमा स्थापित गरिसकेका छन्।
अब हुन लागेको हल्ट प्राइजका जजहरु महाबीर पुन, दीपेश दास श्रेष्ठ,सुमन शाक्य, निकिता आचार्य र अन्य धेरै छन् । होल्ट प्राइजका सीईओ अहमद अशकर भन्छन, विश्वको सबैभन्दा ठूलो चुनौतीहरूको समाधान गर्नु ठीक कुरा मात्र होइन, यो पनि राम्रो व्यवसाय हो।






















