stcnepal long ad
global ime bank long

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं, २५ माघ काठमाडौं महानगरपालिका जडिबुटी स्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे पनौती नगरपालिकाका मनोज बस्नेतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले बस्नेतलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट सहित फेला पारी नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद र उक्त ट्याब्लेटसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari