गाेकर्णेश्वर -९ हातेमालाे मार्ग सिल
काठमाडौ । आज साउन २९ गते गोकर्णेश्वर नगरपालिका वडा नं.-९ को हातेमालो मार्ग विहान ८वजेदेखि सिल गरिएकाे छ ।
वडाअध्यक्ष राजिव थापा ,प्रहरी र स्थानीय जनताकाे पहलमा सिल गरिएकाे छ । हातेमालाे मार्गमा बस्ने भण्डारी थरकी एक वर्ष २५ वर्षिया युवतीलाई गत साउन २८ गते काराेना पुष्टि भएकाे थियाे ।
काठमाडौ उपत्यका भित्रका काेराेना उपचार गर्ने अस्पतालहरू प्याक भएपछि उनी घरमै आईसाेलेशनमा रहेकी छिन । निजकाे घर देखि ५००मिटर वरपरकाे क्षेत्र सिल गरि हिडडुल र आवत–जावत बन्द गरिएकाे वडाअध्यक्ष थापाले बताएका छन् ।
भण्डारीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरि कोरोना परिक्षण गरिने र सो परिक्षणको नतिजा नआए सम्मको लागि सो क्षेत्रलाई आज २९ गते बिहान ८ बजे देखि सिल गरिएकोले सो क्षेत्रमा सर्वसाधारणहरुको आवत जावत पुर्ण रुपमा निषेध गरिएको छ ।
निज भण्डारी केही दिन अगाडि लडेर विरामि भएकाे र हयाम्स अस्पतालमा उपचार गराएकाे र पिसिआर परिक्षण गर्दा काेराेना पाेजेटिभ रिपोर्ट आएकाे थियाे । ती महिलाकाे ट्राभल हिस्ट्री नरहेकाले हयाम्स अस्पतालवाटै काेराेना संक्रमित भएकाे भन्ने चर्चा रहेकाे छ ।
अहिले काराेना संक्रमण विदेशवाट आउने र अस्पतालमा उपचार गर्न जाने विरामि वाट सर्ने गरेकाे पाइएकाे छ। हातेमालाे मार्ग सिल गरिएपछि यस गाेकर्णेश्वर नगरपालिका अन्य क्षेत्रमा समेत अत्यावश्यक बाहेकका अन्य प्रयोजनका लागि बाहिर नआई घर भित्रै सुरक्षित बस्नु हुन गाेनपा -९ वडा कार्यालयले अनुरोध समेत गरेकाे छ ।























