stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ ।

यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड रहेको छ । कुल १ अर्ब रुपैयाँ आकारको यो योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुन लागेको नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो ।

प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ दरमा ५ करोड इकाई सार्वजनिक रूपमा निष्कासन गरिने बैंकले जनाएको छ । योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

गरिमा विकास बैंकका अनुसार ‘गरिमा सुवर्ण योजना’ ले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित, पारदर्शी र दीर्घकालीन लगानीको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

विशेषगरी पुँजी बजारमा प्रत्यक्ष लगानी गर्न नसक्ने वा जोखिम कम गर्न चाहने लगानीकर्ताका लागि यो योजना उपयुक्त हुने बैंकको विश्वास छ ।

यसअघि गरिमा विकास बैंकको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटलको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ ।

IME Lifesidebar
kumari