stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भ्रष्टाचारको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भ्रष्टाचारको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरू संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै छापा हानेको हो।

अख्तियारका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई बिचौलियामार्फत खोजी गरी प्रत्येक व्यक्तिबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म असुली गरिएको भन्ने सूचना प्राप्त भएको थियो।

तीन महिनाको अनिवार्य अवधि पूरा नहुँदै पुनः आवेदन दर्ता गराई लिखित परीक्षामा सहभागी गराएर अवैध लाभ लिइएको आरोप लागेको छ।

छापाका क्रममा कार्यालय प्रमुख पोखरेलसहित १७ जना कर्मचारीबाट २५ वटा मोबाइल फोन नियन्त्रणमा लिइएको छ।

prabhu mahalaxmi
kumari