stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

युनाइटेड इदी मर्दीको १६ औँ वार्षिक साधारणसभा आज

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको १६ औँ वार्षिक साधारणसभा आज पुस २७ गते कास्की जिल्लाको पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०।२६ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते दाखिला खारेज दर्ता बन्द (बूक क्लोज) गरिसकेको छ । तसर्थ बूक क्लोजको आधारमा पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari bank
kumari