stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ।

साधारसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र प्रगति विवरण पारित गर्‍यो। हक्की संघका कोषाध्यक्ष रामेश्वर घिमिरेको आर्थिक प्रतिवेदन पनि पारित भयो।

साधारण सभामा केन्द्र, प्रदेश, जिल्ला, पालिका र क्लबका गरी ७५ जनाको उपस्थिति रहेको महासचिव श्रेष्ठले जनाएकी छन्। यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य जगतसिंह धामी, प्रशासन विभागका प्रमुख भोजानन्द राई, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतको उपस्थिति रहेको थियो।

prabhu mahalaxmi
kumari bank
kumari