stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् ।

उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकका प्रमुख सूचना अधिकृत जयन्द्र रावलले जानकारी दिए । ‘उहाँले व्यक्तिगत कारणले अध्यक्षको जिम्मेवारीमा निरन्तरता दिन नसक्ने भनेर राजीना दिनुसभएको छ, यो स्वीकृत समेत भइसकेको छ,’ उनले भने ।

उनका अनुसार अध्यक्षको राजीनामा स्वीकृत भए पनि आज अर्को अध्यक्ष नियुक्ति सम्बन्धी निर्णय भने भएन । केही दिनभित्र यसको टुंगो लाग्ने उनले बताए ।

कुनै समय आक्रामक बैंकिङको सुरुवात गरेर चर्चामा आएको बैंकले पछिल्लो समय रणनीतिक मुभ लिएको छ ।

यसै अन्तर्गत केही समय अघि मात्रै बैंकका प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरेको बैंकले अहिले सञ्चालक समितिको नेतृत्व समेत परिवर्तन गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari