stcnepal long ad
global ime bank long

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  प्राइम कमर्सियल बैंकले  गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको कुल ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२.८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ८ प्रतिशतले हुन आउने १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७.२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।४२१ प्रतिशतले हुन आउने ८ करोड १६ लाख ९५ हजार ५५.५६ रुपैयाँ बराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari