stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सहकार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ‘वान मिलियन ट्रीज क्याम्पेन’ संचालन गर्न लुम्बिनी वर्ल्ड पीस फोरमसँग औपचारिक सहकार्य गरेको छ ।

वातावरण संरक्षण, हरियाली विस्तार र जलवायु सन्तुलनमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको यो साझेदारीलाई दीर्घकालीन प्रभावकारी कदमको रूपमा हेरिएको छ । यो सहकार्यसँगै देशभर एक मिलियन रूख रोप्ने अभियान सञ्चालन हुनेछ।

कम्पनीका अनुसार, उक्त अभियानले कार्बन उत्सर्जन न्यूनीकरण, तापक्रम नियन्त्रण र वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, दिगो भविष्य निर्माणका लागि आवश्यक हरियाली संरचना विकासमा पनि टेवा पुग्नेछ।

सन नेपाल लाइफका अनुसार, “एक मिलियन रूख रोप्ने लक्ष्य आफैंमा वातावरणीय प्रतिबद्धताको प्रतीक हो। हाम्रो उद्देश्य केवल रोपाइँमा सीमित नभई, संरक्षक समुदायसँग मिलेर दीर्घकालीन रूपमा रूखलाई जोगाउँदै बढाउने हो।”

अभियानमार्फत विद्यालय, सामुदायिक क्षेत्र, सार्वजनिक जग्गा तथा नदी किनारमा समेत रूख रोपिनेछ। स्थानीय समुदाय, युवा समूह र स्वयम्सेवी संस्थासँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने योजना रहेको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari