stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन महिनाभित्र टेलिकमको बक्यौता तिरे जरिवाना नलाग्ने

बक्यौता नतिरे कालोसूचीमा समावेश गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरे बापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ।

टेलिकमले आइतबार सूचना जारी गर्दै ०७९र०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो।

टेलिकमले सेवा उपभोग गरेर पनि महसुल नतिर्ने ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमै गई उक्त अवसर सदुपयोग गर्न आग्रह गरेको छ ।

तोकिएको अवधिमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।

 

prabhu mahalaxmi
kumari