stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०८२ मंसिर महिनाका लागि ११ वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन । सञ्चालनमा रहेका २० वटा ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये ११ वटा बैंकहरूले व्यक्तित निक्षपमा दिने व्याजदर घटाएका छन । त्यस्तै ९ वटा बैंकहरूले भने निक्षेपमा दिने व्याजदर कात्तिक महिनाकै कायम गरेका छन।

कात्तिक महिनामा बैंकहरूले प्रदान गर्ने औषत व्याजदर ५.२० प्रतिशत रहेकोमा मंसिर महिनामा घटेर ५।०४ प्रतिशत रहन जाने छ । ग्लोबल आइएमई बैंक लि.को व्याजदर सबैभन्दा धेरै अर्थात ६ प्रतिशत रहेको छ ।

त्यसैगरी, कृषि विकास बैंक लि.को ४.७ प्रतिशत, एभरेष्ट बैंक लि.को ५ प्रतिशत, नेपाल बैंक लि.को ५।२५ प्रतिशत, लक्ष्मी सनसाइज बैंक लि. र माछापुच्छ्रे बैंक लि.को ५ प्रतिशत, प्रभु बैंक लि.को ४.९५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक लि।को ४.७० प्रतिशत ब्याजदर रहेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य लि.को ५.५ प्रतिशत, नबिल बैंक लि.को ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि। र सिद्धार्थ बैंक लि.को ५ प्रतिशत, प्राइम कमर्सियल बैंक लि।को ४.७५ प्रतिशत, कुमारी बैंक लि.को ४.९१ प्रतिशत, सानिमा बैंक लि. र एनएमबी बैंक लि.को ५ प्रतिशत, हिमालय बैंक लि.को ५.५ प्रतिशत, नेपाल एसबिआई बैंक लि।को ४.८ प्रतिशत र सिटिजन्स बैंक लि.को ४.७५ प्रतिशत व्याजदर कायम गरिएको छ । मंसिर महिनाको लागि सबैभन्दा धेरै ब्याज दिने बैंक ग्लोबल आईएमई लि। बनेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long