citizens life insurance long ad
stcnepal long ad

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३.७८ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ६४ करोड ६८ लाख ९३ हजार २२७.०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १४.२५ प्रतिशतले हुन आउने ६१ करोड ४५ लाख ४८ हजार ५६५.७१ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख ४४ हजार ६६१।३५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Life
kumari