मुख्य सचिवमा बुर्लाकोटी,कर्ण र शर्माको प्रतिस्पर्धा
काठमाडौं । आगामी मंसिर १० गते मुख्य सचिव एक नारायण अर्याल ५८ वर्ष उमेरहद पूरा गरेर अनिवार्य अवकास हुँदैछन। त्यसपछि भावी मुख्य सचिवमा कसलाई बढुवा होला भनेर निजामती प्रशासनभित्र चासो र खुल्दुली बढेको छ।
मंसिर १० गते नै राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणी दुवाडी पनि सचिवको पाँच वर्षे अवधि पूरा भएर अवकास हुँदैछन।
त्यसैले आगामी मंसिर दोस्रो साता जेनजी सरकारले रक्षा सचिव सुमनराज अर्याल,राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी,श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्कर कर्ण,लोक सेवा आयोगका सचिव किरणराज शर्मा, खानेपानी सचिव प्रमिला देवी शाक्य बज्राचार्य र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेमध्येबाट एक जनालाई मुख्य सचिवमा बढुवा गर्ने उच्च स्रोतले बताएको छ।
यी ६ जना सचिवमध्ये मुख्य सचिवमा रक्षा सचिव अर्याल,राष्ट्रिय तथ्यांक कार्यालयका सचिव बुर्लाकोटी,श्रम सचिव कर्ण र लोक सेवा आयोगका सचिव शर्माबीच तिव्र प्रतिस्पर्धा रहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले क्षमता,दक्षता र अनुभवका आधारमा श्रम सचिव कर्णलाई मुख्य सचिव बढुवा गर्ने पक्षमा छिन। कर्णले अर्थ मन्त्रालयको राजस्व सचिव,अर्थ सचिव,प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय,संघिय मामिला तथा सामान्य प्रशासन सचिव र श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव भएर काम गरि सकेका छन।
उनी मुख्य सचिवमा बढुवा भएभने उमेरकाकारणले पनि तीन वर्ष मुख्य सचिव हुनेछन। तर क्षमता,कार्यदक्षता र अनुभवका आधारमा बुर्लाकोटी र शर्मा पनि योग्य छन।






























