stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

३७ वटा यातायात कार्यालयहरूबाट सेवा सुचारू

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जेनजी आन्दोलनको बेला तोडफोड,लुटपाट र आगजनी भएका यातायात व्यवस्था कार्यालयहरूले गत सातादेखि नियमित सेवा सुरू गरेका छन् ।

काठमाडौं उपत्यकामा रहेका एकान्तकुना ललितपुर, ठूलोभर्‍याङ,चावहिल काठमाडौ र राधेराधे यातायात कार्यालय,भक्तपुरले नयाँ लाइसेन्सको सेवा बाहेकको काम थालेका छन् ।

यी चार कार्यालयहरूले लाइसेन्स र ब्लुबुक रिन्यु, ट्रायल पास भई राजस्व तिर्न बाँकीहरूको राजस्व लिनेलगायतका सेवा थालेका छन् । केही कार्यालयहरूले सेवा दिन भने अझै केही दिन लाग्ने बताइएको छ ।

काठमाडौंको चाबहिल कार्यालयले नेटवर्किङको काम सम्पन्न गरेर गत सातादेखि सेवा दिन थालेको छ । काठमाडौं उपत्यकामा रहेका एकान्तकुना, ठूलोभर्‍याङ र राधेराधे लगायतका यातायात कार्यालयले भने नयाँ लाइसेन्सको सेवा बाहेकको काम थालेका छन् ।

सानो भरयाङको यातायात सेवा कार्यालयले पनि नविकरणको काम थालेको छ। देशभरका ४२ वटा कार्यालयमध्ये ३७ वटाले सेवा दिन सक्ने गरी पुनस्निर्माण गरिएको छ । नयाँ ट्रायल भने अहिले कुनै पनि कार्यालयहरूबाट सुरू गरिएको छैन ।

यातायात व्यवस्था विभागका सुचना प्रविधि निर्देशक केशव खतिवडाले अहिलेसम्म हाम्रो सिस्टममा ३० वटा यातायात कार्यालय जोडिइसकेका छन् । कुल ४२ मध्ये ५ वटा कार्यालय भने पूर्ण ध्वस्त भएकाले सञ्चालन गर्न केही समय लाग्ने बताएका छन।

उनका अनुसार बिर्तामोड, इटहरी, लहान, चितवन र कास्कीको यातायात व्यवस्था कार्यालय पूर्णरूपमा ध्वस्त छन् । यही हप्ताबाट नयाँ लाइसेन्सको पनि सेवा सुरू गर्ने तयारी भैरहेको छ ।

यातायात व्यवस्था विभाग सेवासम्बन्धी अधिकार दिन तयार रहे पनि, ५ वटा कार्यालयले पहिले आफ्नो भवन बनाउनु पर्ने, नेटवर्किङ गर्नुपर्ने र ल्यापटप सेट तथा कम्प्युटर खरिद गरेर राख्नु पर्ने आवश्यकता रहेको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागमा डाटा सेन्टर, विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्ता लगायतका प्रणालीमा क्षति पुगेको थियो ।

नागरिक एपमा लाइसेन्सको विवरण छोडिएको छ। विभागले गत सातादेखि नै लोड हेरेर अति आवश्यक परेकाहरुको लागि लाइसेन्स प्रिन्टको सेवा सुचारु गरेको छ ।

वैदेशिक रोजगारी, विदेश अध्ययन, मिसनमा जाने व्याक्ति र नेपालमा पनि अति आवश्यक भएकालाई तत्काल नै लाइसेन्स प्रिन्ट गरेर दिन थालिएको छ । जेन–जी आन्दोलनभन्दा पहिले पनि विभागले आवश्यक परेकालाई लाइसेन्स छपाइ गरेर दिने गरेको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long