stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

पहिलो त्रैमासमा १२.९२ प्रतिशत बढ्यो कामना सेवा विकास बैंकको नाफा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको नाफाभन्दा १२.९२ प्रतिशतले बढी हो। गत आवको यही अवधिमा कामनाले १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा भएको उल्लेख्य वृद्धि नाफा वृद्धिको मुख्य कारक देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशत र फी तथा कमिशन आम्दानी १२.२० प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत र सञ्चालन मुनाफा १०.८६ प्रतिशत बढेको छ।

नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने ३५.५६ प्रतिशतले घटेको छ। यसैगरी बैंकको निष्क्रिय कर्जा ३।९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ, जसका कारण इम्पेयरमेन्ट चार्ज पनि ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५३ पैसाले बढ्दै २० रुपैयाँ ४६ पैसा पुगेको छ, तर वितरणयोग्य भने ९ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ १ पैसामा झरेको छ। यस अवधिमा बैंकको मूल्य(आम्दानी अनुपात २०.१८ गुणा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।

कामना सेवा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ।

पहिलो त्रैमासको अन्त्यसम्म बैंकले ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

prabhu mahalaxmi
kumari