आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सिराहा, कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान योजनामा दुई करोड ३४ लाख ९९ हजार नौ सय ४५ रुपियाँ २२ पैसा अनियमित ढङ्गले भुक्तानी लिए दिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रवीन्द्रलाल दास, तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी र सबइन्जिनियर चन्द्रकान्त चौधरी जय धनञ्जयररब्बानी जेभी तथा उक्त जेभीका तर्फबाट अधिकार प्राप्त रब्बानी कन्स्ट्रक्सनका प्रोप्राइटर जफिर कवारीविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो । सिराहाको गाढा–चिकना सडक ढलान गर्दा उनीहरूले अनियमितता गरेको आयोगको दाबी छ ।

यसै गरी आयोगबाट मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । काभ्रेपलाञ्चोकको साबिक दोलालघाट गाउँ विकास समिति वडा नं। ७ मा रहेको फिल्डबुकमा दर्ता छुट

भएको जग्गाधनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा भण्डारीलाई यसअघि नै आयोगले नियन्त्रणमा लिएको थियो ।

आयोगको कार्यालय

काठमाडौँ टङ्गालबाट गएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपियाँ घुसररिसवत् लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

भण्डारीलाई दुई लाख रुपियाँ बिगो कायमा गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगले जनाएको छ ।

IME Lifesidebar
kumari