stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच सहकार्य

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिमिटेडको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल क्रेडिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेकबूक र गुड फर पेमेन्ट चेक अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क प्रदान गर्दै आईरहेको छ । साथै बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long