stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको काउन्टर दशैं बिदामा पनि खुल्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमको काउन्टर दशैं बिदामा खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ ।

गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित असोज १३, १५ र १७ गते खुला रहने छन् ।

चरिकोटस्थित काउन्टर १३ र १४ असोजका दिन खुला रहने टेलिकमले जनाएको छ । मर्मत सम्भार र जडान सम्बन्धी काम भने दशैं र तिहार बिदाको समयमा समेत नियमित चल्ने टेलिकमले जानकारी दिएको छ ।

खुला रहेको काउन्टरबाट टेलिफोन, मोबाइल तथा इन्टरनेट भुक्तानी, सिम वितरण तथा परिवर्तनका काम हुनेछन् ।

prabhu mahalaxmi
kumari