citizens life insurance long ad
stcnepal long ad

नेपालबाट भारतमा सुन तस्करी गर्ने एक जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

कपिलवस्तु । नेपालबाट सुन लुकाई भारत पुराउने काममा संलग्न एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

भारतबाट लुकीछिपी नेपाल आउँदै गर्दा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं १ पकडीका ३६ वर्षीय विनोद सोनार समातिएका हुन्। ​सोनारबाट १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ।

मायादेवी गाउँपालिका वडा नं ४ ठकुरापुर गोब्ली बगैँचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन्। ठूलो रकमसहित फेला परे पछि सशस्त्र प्रहरीले सोधपुछ गर्दा रकमको स्रोत बताउन नसके पछि नियन्त्रणमा लिएको थियो।

सोनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीले बताए। पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको जनाइएको छ।

IME Life
kumari