stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल बैंक र कोटबारी होटेलबीच छुट सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकले रिसोर्ट कोटबारी होटेल प्रा.लि.मा छुट पाउने भएका छन् ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका ७, स्थित रहेको रिसोर्टले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा बैंक र रिसोर्ट बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकका प्रमुख सुचना अधिकारी होमबहादुर खड्काले जानकारी दिए ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा।लि। को तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।

IME Lifesidebar
kumari